भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भव्य स्वागतमा सरकार जुटिरहँदा जनस्थरबाट भने सितव्र विरोधका स्वरहरु गुञ्जन थालेकाछन ।
भारतको ‘ठूल्दाई’ प्रवृत्तिको खुलेर विरोध गदृै सामाजिक सञ्जालमा मुर्खजीको विरोधमा कडा टिप्पणीहरु पोष्ट भएका छन ।
विशेषगरी मुर्खजीको आगमनको अवसर पारी सरकारले सार्वजानिक विदा दिने निर्णय गरेसँगै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले इण्डियन प्रिसिडेन्ट नट वेलकम भन्दै टेन्डिङ भइरहेको छ । पूर्ववर्ती सरकारको समयमा भारतले लगाएको अघोषित नाकाबन्दीको स्मरण गर्दै मुखर्जीले पहिला माफि माग्नुपर्ने टिप्पणीहरु समेत प्रकाशन भएका छन ।
सोफिया नामक ह्याण्डल बाट टुइट गरिएको छ ‘ईख नभएको मान्छे र बिष नभएको सर्प के काम ? नाकाबन्दी तिमीले बिर्सिएको होलाउ हामीले बिर्सिएको छैन,लम्पसारवाद ,मुर्दाबाद ।
रोशन पाण्डेको ह्याण्डलबाट टुइट गरिएको छ तिमीले रसान,औषधी हिजो बन्द गर्यौ हाज किन मेरो मातृभूमीमा छौं ?
पत्रकार गजेन्द्र वूढाथोकीले लेखेकाछन मूर्खजीहरु यो दृश्य भुलियो ? -एस काठमाडौं