अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको जन्म अक्टोबर २६, सन् १९४७ मा शिकागोमा भएको हो ।
पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी क्लिन्टन अमेरिकाका लागि सिनेटर समेत रही सकेकी छन् भने पछिल्लो समय ओबामा प्रशासनमा विदेशमन्त्री समेत रही सकेकी छन् ।
सन् १९६२ अप्रिल १५ मा शिकागोमा काला जातिको समान अधिकारका लागि प्रख्यात नेता मार्टिन लुथर किङले आफ्नो भाषण लगत्तै गोरा जातिकी हिलारीसँग हात मिलाउँदा हिलारी निकै नै चर्चित बनेकी थिईन् । त्यतिबेला उनको उमेर १५ बर्षको मात्रै थियो । अमेरिकाको राजनीतिमा शुरुवाती दिनमा रिपब्लिकन पार्टीप्रति झुकाव राखेकी उनले सन् १९६४ मा भएको अमेरिकी राष्ट्रपति पदका उम्मेदवार बैरी गोल्डवाटरका लागि चुनावी प्रचार प्रसार गरेकी थिइन् ।
सोही समयमा पढाइको सिलसिलामा बिल क्लिन्टनसँग उनको भेट भयो । उनी बिल क्लिन्टनसँग सन् १९७५ सालमा विवाह बन्धनमा बाँधिइन् भने बिल क्लिन्टनसँग मिलेर डेमोक्रेटिक पार्टीका प्रत्यासी मैक्गवर्नको पक्षमा चुनावी प्रचार प्रसार गरेकी थिइन् ।
सन् १९९२ मा बिल क्लिन्टन अमेरिकाका राष्ट्रपति बनेपछि हिलारी फर्स्ट लेडी बनेकी थिइन् । बिल क्लिन्टनको कार्यकाल समाप्त भएपछि हिलारी अमेरिकाका लागि दुईपटक न्यूयोर्क राज्यको सिनेटर बनेकी थिइन् । सिनेटरको कार्यकाल सकिने बित्त्तिकै अमेरिकी राष्ट्रपति बाराक ओबामाको नितीप्रति मोहित भएकी उनलाई ओबामा प्रशासनले विदेशमन्त्री पदको जिम्मेवारी दिएको थियो । उनी विदेश मन्त्री रहँदा सन् २०१२ को अक्टोबरमा लिबियाको बेनगाजी शहरमा भएको आतंवादी हमलाका कारण निकै आलोचना भएको थियो । जसका कारण उनले विदेशमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । –एजेन्सीहरुको सहयोगमा