नेपाल–चीनबीच द्विपक्षीय आर्थिक–व्यापारिक सम्बन्ध विस्तारमा जोड दिइएको छ । चीनको चेन्डु एसोसिएसन अफ फरेन इकोनोमिक एन्ड ट्रेड कोअपरेसनका महासचिव चेन झिआओको नेतृत्वमा नेपाल भ्रमणमा आएको १६ सदस्यीय व्यापारिक टोली र नेपाल–चीन उद्योग वाणिज्य संघबीच भएको छलफलकाक्रममा उक्त जोड दिइएको हो ।
सो अवसरमा संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशबीचको सुमधुर सम्बन्धको चर्चा गर्दै दुई देशबीच लगानी बृद्धि, आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि आग्रह गरेको जनाइएको छ ।
चेन्डु सहरमा हुने व्यापार मेलाहरुमा नेपाली हस्तकलाका उत्पादनहरु रुचाइएको हुँदा मुख्य सहरहरुमा नेपाली उत्पादनहरुको प्रदर्शनकक्ष उपलव्ध गराइदिन पनि उनले आग्रह गरेको संघले जनाएको छ ।-इमेज खबर