अन्तराष्ट्रिय पेय पदार्थ कम्पनी ’बोटलर्स नेपाल’ ले नेपाली बजारमा ल्याउन लागेको नयाँ उत्पादन सुगर फ्रि कोक ’कोकाकोला जीरो’ मंगलबारदेखि नेपाली बजारमा आएको छ।
कोकको नयाँ ब्राण्ड सुगर फ्रि जीरो कोक’ को नायिका प्रियंका कार्की, गायिका ईन्दिरा जोशीलगायतले लञ्चिङ गरेका थिए । चिनी नभएको कोक जीरोको लञ्चिङमा प्रियंका कार्की र इन्दिरा जोशीले आफ्नो जिरो फिगर देखाएकी थिइन्।
मंगलबार होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा नायिका प्रियंका कार्की कालो रंगको टपलेस गाउनमा निकै आकर्षित भएर उपस्थित भएकी थिइन् ।
समारोहमा उपस्थित हुँदा सही पहिरन रोज्न माहिर प्रियंकाको उक्त हट पहिरनले सबैको ध्यान खिचेको थियो । उसो त कार्यक्रममा गायिका इन्दिरा जोशी पनि सेतो रंगको पहिरनमा आकर्षित रुपमा उपस्थित भएकी थिइन् ।
कम्पनीको यो जीरो सुगर उत्पादन गएको बर्षदेखी १४८ देशमा उपलब्ध गराइएको थियो । ३०० मिली कोक जीरोको मुल्य ४८ रुपैयाँ नेपाली रहेको कम्पनीले बताएको छ ।