कैटरीना कैफ र सिद्धार्थ मल्होत्राले अभिनय गरेको नयाँ चलचित्र ‘बार बार देखो’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा कैटरीना कैफ र सिद्धार्थ मल्होत्राबिच प्रेम, रोमान्स र कमेडीलाई देखाइएको छ । ट्रेलरमा कैटरीना र सिद्धार्थबिच चुम्बनका दृश्य देखी कैटरीना समुन्द्री तटहटमा विकिनीमा देखिएकी छिन् ।
सस्पेन्स तरिकाले सार्वजनिक गरिएको चलचित्र बार बार देखोको ट्रेलर हेर्दा चलचित्र हेर्न दशकहरु आतुर हुन सक्ने अनुमान लगाउन सकिन्छ । ट्रेलर हेर्दा कहानी यो बुझ्न सकिन्छ कि, ‘जय (सिद्धार्थ मल्होत्रा) र दीया (कैटरीना कैफ) प्रेम सम्बन्धमा हुन्छन् । यस बिच दीया ब्वायफ्रेण्ड जयलाई बिबाहको लागि प्रपोज गर्छिन तर जय आफ्नो करियरलाई लिएर निकै चन्तित हुन्छन् । जय बिबाह गर्न चाहदैनन् ।’ नित्या मेहराको डायरेक्शन रहेको यो चलचित्रलाई फरहान अख्तर, करन जौहर र रितेश सिधवानीले निर्माण गरेका हुन् । यो चलचित्र ९ सेप्टेम्बरमा रिलिज हुँदैछ ।