मधेस आन्दोलनको विषय समेटेर तयार पारिएको चलचित्र ‘जय मधेस’ को नयाँ गीत रिलिज भएको छ । ‘नेपालीमा माया गर्छु भोजपुरीमा प्रित अपार’ बोलको गीतमा एसपी खरेल र नायिका सुष्मा अधिकारी फिचरिङ छन् । पप्पु मिश्र र इन्दु सोन्दीको आवाज रहेको गीतमा पप्पु मिश्रको शब्द र संगीत रहेको छ । सार्वजनिक गीतलाई पप्पु र इन्दुले भोजपुरीमा गाएका छन् । गीतमा नायिका सुष्मा अधिकारी र एसपी खरेलको केमेष्ट्री राम्रो सुहाएको छ । यस चलचित्रमा नायिका सुष्मा अधिकारीले पहाडियाको छोरीको भुमिका निर्वाह गरेकी छिन् ।
हिमाली, पहाडी र तराई क्षेत्रमा बसोबास गर्नेहरुले एक अर्का समुदायप्रति सम्मान भाव ब्यक्त गर्नुपर्ने सन्देश चलचित्रले दिएको छ । आम जनताको सम्बन्ध एक अर्काप्रति राम्रो भएपनि केहि नेताहरुले साम्प्रदायिकता खल्बल्याउन प्रयास गरेको सिनेमामा देखाइएको छ ।
श्रीरामप्रसाद रौनियारको निर्देशन रहेको यस चलचित्रमा एसपी खरेल, सुष्मा अधिकारी, पुकार भट्टराई, रामु यादब, सन्तोषब बर्मा, घनश्याम गिरी, पुष्पा पाण्डे, शिबप्रसाद कुर्मी लगायतका कलाकारको अभिनय रहेको छ ।
भोजपुरी र नेपाली भाषामा बनेको यो चलचित्र राधिका इन्टरनेशनल मुभिजको ब्यानरमा बनको हो ।