नायक भुवन केसीका दुई श्रीमती रहेको कुरा सबैलाई थाहा छ । भुवन केसीकी जेठी श्रीमती विजया केसी हुन् भने कान्छी श्रीमती सुस्मिता केसी हुन् । भुवनले कान्छी श्रीमती सुस्मिता केसीसँग भने सम्बन्ध विक्षेद गरिसकेका छन् तर सुस्मिताका छोरा अनमोल केसी भने बुबा भुवन केसीसँगै काठमाडौंमा बस्छन् । भुवन केसीकी जेठी श्रीमती विजया केसी भने लामो समयदेखी अमेरिकामा एक छोरा र एक छोरीसँग बस्दै आएकी छन् ।
भुवनको विजयाबाट काजल र विवेक गरी दुई सन्तान छन् । भुवनले आफ्नो चलचित्र निर्माण संस्थाको नाम नै जेठी श्रीमतीबाट जन्मिएकी छोरी काजलकै नामबाट राखेका छन् । भुवनले ‘सुपर काजल फिल्मस’ बाट करोडपति, नेपाली बाबु, म तिमि बिना मरिहाल्छु, साथी म तिम्रो, ड्रीम्स लगायतका चलचित्र निर्माण गरिसकेका छन् ।
हालै अमेरिकामा भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा काजल फिल्म प्रोडक्शनबाट निर्माण भएको चलचित्र ‘ड्रीम्स’ ले उत्कृष्ट चलचित्रको अवार्ड हात पारेको थियो, जुन अवार्ड भुवनकी छोरी काजलले ग्रहण गरेकी छिन् । अवार्ड ग्रहण गर्दा काजलसँग पिता भुवन केसी पनि साथमा थिए । नायक भुवन केसी अमेरिका बसाईको क्रममा जेठी श्रीमती विजया केसीसँग नै बस्ने गर्छन । काजलले आफ्नो फेसबुकमा पिता भुवन केसीसँगका केही तस्बिरहरु पनि शेयर गरेकी छिन् ।
भुवन केसीकी कान्छी श्रीमती सस्मिता केसीका छोरा अनमोल केसीले नेपाली चलचित्रमा प्रवेश गरेपनि जेठी श्रीमतीका एक छोरा र एक छोरी भने नेपाली चलचित्रमा प्रवेश गर्ने कुनै छाँटकाट देखिएको छैन । तर अब लाग्दै छ कि काजललाई नेपाली चलचित्रमा काम गर्ने रहर बढ्दै छ, जुन ‘ग्लोबल फिल्म अवार्ड’ मा काजलले उत्कृष्ट फिल्म ‘ड्रीम्स’ को अवार्ड समात्नुले पनि केही अनुमान लगाउन सकिन्छ ।