नेपालका अर्बपति विनोद चौधरीले बलीउडका सुपरस्टार सलमान खानसँग भेट गरेका छन् । अहिले विश्वबजारमा सलमान खान अभिनित चलचित्र सुल्तानले आक्रामक व्यापार गरिरहेको अबस्थामा अर्बपति विनोद चौधरीले सलमान खानलाई भेटेको तस्बिर चौधरी ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीले आफ्नो फेसबुकमा पोष्ट गरेका छन् । राहुलले सलमान र विनोद चौधरीको फोटो पोष्ट गर्दै लेखेका छन्, (‘Our Sultan’ with ‘The Sultan’ bonding! Amazing soul @beingsalmankhan #binodchaudhary) उनको उक्त पोष्ट हेर्दा आगामी दिनमा सलमान खानले अभिनय गर्ने चलचित्रमा चौधरी कम्पनीको लगानी हुन सक्ने अडकल काट्न सकिन्छ । खबरका अनुसार चौधरी ग्रुपले चाँडै भारतमा एक अन्तर्राष्ट्रिय स्तरको म्यूजिक कम्पनी खोल्ने तयारीमा रहेको छ । विनोद चौधरी सोही म्यूजिक कम्पनीका लागि भारत पुगेको हुन सक्ने स्रोतले बताएको छ ।