नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति महामन्त्री शशांक कोइरालाले रुष्ट बनेका छन् । गम्भिर विरामी परेर जीवन–मरणको दोसाँधबाट उठेका महामन्त्री शशांकले नयाँ मन्त्रीका लागि दुई नाम सिफारिस गरेका थिए । एउटा दाजु शेखर कोइराला र अर्का दीपक गिरी ।
तर बुधवार साँझ सभापति देउवाले टेलिफोन गरी शेखर कोइरालालाई परराष्ट्रमन्त्रालय दिन नसक्ने बताएपछि महामन्त्री शशांक कोइराला रुष्ट बनेका हुन् । आफुले सिफारिस गरेका दुवै जनालाई सम्मानजनक मन्त्री नदिने भएपछि उनी रुष्ट बनेका हुन् ।
विहीबार साँझ देउवालाई महामन्त्री कोइरालाले टेलिफोन गरेका थिए । पार्टीलाई एकढिक्का बनाउनुको सट्टा विभाजनको रेखा कोर्दै गएको भन्दै देउवाप्रति आपत्ती जनाए । ‘तपाई यसरी नै चल्दै जाने हो भने म चुप लागेर बस्दिँन’ टेलिफोनमा कोइरालाले देउवालाई भने ‘यो पार्टी हो मनमर्जी गर्ने अर्गनाइजेशन होइन ।’
देउवा र कोइरालाबीच झण्डै १५ मिनेट टेलिफान संवाद भएको थियो । अधिकाँस टेलिफोन सम्बादमा सभापति र महामन्त्रीबीच चर्काे विवाद भएको स्रोतले बताएको छ । देउवाले शेखरलाई परराष्ट्र बाहेक अन्य मन्त्रालय दिन तयार रहेको बताएका थिए । तर शेखरले भने परराष्ट्रभन्दा अन्य मन्त्रालय जागिर खान नजाने बताउँदै आएका छन् । परराष्ट्रमन्त्री आफुलाई नदिने देउवाको निर्णय भाई सशांकलाई शेखरले विहीबार विहानै गराएका थिए ।
देउवाले शुक्रबार आफुलाई भेटन आउन शशांकलाई आग्रह गरेका थिए । ‘आइज त र म बसेर सवैको नाम फाइनल गरौला, सवैलाई मिलाएर जानु पर्छ, एउटाले भनेका कुरा मात्र सुन्नु हँदैन’ टेलिफोनमा देउवाले भने । देउवाले पहिले देखि नै सशांकलाई त भनेर नै बोलाउने गरेका छन् ।
जवाफमा कोइरालाले आफु पूर्णरुपमा स्वस्थ्य भइनसकेका कारण आउन नसक्ने बताएका थिए । ‘म तपाईको आउन सक्दिँन, तपाई नै आउनुस् ।’ सशांकले आफ्नै निवासमा देउवालाई आउन आग्रह गरेपछि थप छलफल गर्न आज देउवा उनको निवासमा पुग्ने भएका छन् । -यस काठमाडौं