फिल्म उद्योगमा न्युकमरलाई आफ्नो पहिचान बनाउन निकै कठिन हुन थालेको छ । तर, यो दौडमा स्टारका सन्तानहरुलाई पनि उत्तिकै कठिन अवस्थाबाट गुज्रिनु परेको छ । स्टारका सन्तानहरुलाई फिल्म त पाउने गर्छन् तर, लामो समय टिक्न भने सक्दैनन् ।
कडा मेहनत र बलका कारण उनीहरु लामो समयसम्म फिल्म दुनियाँ टिक्ने गर्छन् । यस्तै एक अभिनेता छन् साउथ सुपर स्टार सुर्या ।
तमिल एक्टर शिबकुमारका छोरा तथा कार्तिकका भाइ सुर्या सानो देखिनै फिल्म उद्योगसँग जोडिएको नाम हो । तर, उनले आफ्नो पहिचान बनाउन कडा मेहनत गरेका थिए । फिल्मी करिअर सुरु गर्नुभन्दा पहिला सुर्याले कपडा फ्याकट्रीमा काम गरेका थिए । ८ महिनासम्म कपडा फ्याक्ट्रीमा काम गरेका उनले मासिक १००० रुपैयाँ तलब पाउँथे ।
सुर्यालाई पहिलो फिल्म अफर सन् १९९५ मा आएको थियो । फिल्म ‘असाई’ मा उनले लिड रोल सहित अफर आएको थियो । तर, फिल्मीको कथा बलियो नभएको भन्दै उनले फिल्म रिजेक्ट गरेका थिए ।
सन् १९९७ मा फिल्म ‘नेरुकु नेर’ बाट उनले साउथ इण्डियन फिल्मबाट आफ्नो डेब्यु गरेका थिए ।
सुपर स्टारका छोरा भएपनि उनलाई फिल्म उद्योगमा ठुलो संघर्ष गरेका थिए ।
सन् २००१ मा आएको फिल्म ‘नन्दा’ उनको करिअरको टर्निङ पोइन्ट रह्यो । फिल्मका लागि उनलाई तामिल नाडु स्टेट फिल्म अवार्ड समेत मिलेको थियो । तमिल फिल्मका एक्टर सुर्या फिल्म प्रोड्युसर टेलिभीजन प्रिजेन्टर पनि हुन् । सन् २०१० मा फिल्म ‘रक्त चरित्र’ मा काम गरे । फिल्ममा उनलाई बेस्ट न्युकमर स्क्रीन अवार्ड पाएका थिए । सुर्या दक्षिण भारतीय फिल्ममा सबैभन्दा धेरै पारिश्रमिक लिने एक्टरमा गनिन्छिन् । उनले एउटा फिल्म खेले बापत २०–२५ करोड लिने गर्छन् । साथै फिल्मको राइट्सको लागि एक्स्ट्रा चार्ज लिने गर्छन् । उनले सन् २००६ मा अभिनेत्री जोतिकासँग विवाह गरेका थिए । दुवैले ७ वटा फिल्ममा सँगै काम गरेका थिए ।उनीहरुका दुई सन्तान रहेका छन् ।