केही दिन अगाडी मात्र अरबाज खान र मलाइका अरोराले २३ वर्षे लामो सम्बन्ध तोड्न अदालतमा डिर्भोसका लागि केश दर्ता गरिसकेका छन् । यही बिच अरबाजले सामाजिक सञ्जाल इन्स्टाग्राममा अभिनेत्री सनी लियोनीसँग बसेको एउटा फोटो सेयर गरेका छन् । यो फोटो उनले इन्स्टाग्राममा राखेपछि सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । समुद्री किनारमा खिचिएको फोटोको क्याप्सनमा अरबाजले लेखेका छन्, ‘सुन्दरी सनी लियोनीसँग तेरा इन्तजारको सेटमा ।’ सनी र अरबाज पहिलोपटक यो फिल्ममा सँगै देखिँदै छन् । अहिले यो फिल्मको सुटिङ मौरिससमा चलिरहेको छ । यो फोटो चर्चामा आउनुको कारण पत्नी मलाइका अरोडा खानसँग अरबाजको सम्बन्धविच्छेद हुने पक्का भएको खबर आउनु पनि हो ।