नेपाली चलचित्र उद्योगमा सदाबहार अभिनेताको दर्जा पाएका नायक भुवन केसी विवाद र चर्चा बढी बटुल्ने नायक हुन् भन्दा गलत हुँदैन । उनी ३ दशक देखि नेपाली सिनेमा उद्योगमा सक्रिय छन् । केसी चलचित्रमा सक्रिय अभिनय गर्दा होस या चलचित्रबाट केहि टाढा रहँदा पनि चर्चाको नै वरिपरि रहन्छन् । उनको धेरै चर्चा महिलासँगको सम्बन्धलाई लिएर नै हुन्छ ।
जेठी श्रीमती विजया केसीबाट दुई सन्तान र कान्छी श्रीमती सुस्मिता केसीबाट एक सन्तानका पिता भएपनि उनको रिलेशनसिपको चर्चा अहिले पनि विभिन्न यूवतीहरुसँग जोडिएर आउने गर्छ । केही बर्षयता उनी नायिका जिया केसीसँगको रिलेशनसिपमा रहेको खबर पनि बाहिर आइरहेको छ । तर यस विषयमा न जियाले मुख खोलेकी छिन् न त भुवन केसीले नै । अहिले नायक भुवन केसी अमेरिकामा छन् ।
केही दिन अगाडी सकिएको ग्लोबल फिल्म अवार्डमा सहभागी हुनका लागी अमेरिका पुगेका केसीले त्यहाँ खुलेरै मस्ती गरेका छन् । अवार्डको सक्सेस पार्टीमा नायक भुवन केसीले अमेरिकामा रहेका नेपाली यूवतीहरुसँग रमाइलो गर्दै गरेका तस्बिरहरु ‘सिनेखबर डटकम’ लाई प्राप्त भएको छ । तस्बिरमा केसी अमेरिकामा रहेका नेपाली यूवती तथा महिलाहरुसँग नृत्य गरिरहेका छन् ।
तस्बिर हेर्दा लाग्छ भुवन केसी विन्दास मुडमा छन् । पार्टीमा भुवनले नेपाली नायिकाहरुसँग पनि एकसाथ नृत्य गरेका छन् । भुवन केसी मात्र होइन अमेरिकामा एकसाथ रहेका नायक शिव श्रेष्ठले पनि नेपाली यूवतीहरुसँग कम्मर मर्काएका थिए ।