आफ्नो फिल्म करियरमा अहिलेसम्म भिलेनको भुमिका निर्वाहा नगरेका बलीडस्टार सलमान खानलाई पहिलो पटक भिलेनको रुपमा देख्न पाइने भएको छ । सफल एक्सन श्रृंखला रेसको तेस्रो सिक्वलमा सलमान खानले अभिनय गर्ने पक्कापक्की जस्तै भएको छ।
फिल्मका निर्माताहरूले आगामी वर्षको जनवरीसम्म सलमानलाई फिल्मको अन्तिम स्क्रिप्ट पठाउने भएका छन्। खबरका अनुसार सलमानले ट्यूबलाइटको काम समापन गर्ने बित्तिकै यस फिल्मलाई समय दिने बताइएको छ।
फिल्मको निर्देशकका रूपमा सलमानले सुल्तानका निर्देशक अलि अब्बास जफरलाई सिफारिस गरेका छन्। फिल्मका निर्माताहरूले फिल्मका लागि नयाँ निर्देशक राख्ने इच्छा गरेकाले सलमानले अलिको नाम सिफारिस गरेका हुन्।
सलमान र अलि एक था टाइगरको सिक्वलमा काम गर्ने पहिले नै तय भइसकेको छ। फिल्मको बाँकी कास्ट भने अर्को वर्षको सुरूवातमा नै गरिने अनुमान गरएको छ।