हलीउड गायिका ब्रिटनी स्पियर्सले एक खुलासा गरेकी छिन् कि जुन सुनेर जो कोही अचम्ममा पर्न सक्छन् । ब्रिटनीले बताएकी छिन् कि अहिलेसम्म हलीउड गायिका टेलर स्विफ्टसँग भेट गरेकी छैनन् । त्यस कारण पनि टेलरसँग बस्न उनलाई कठिन हुन सक्छ । स्विफ्ट भन्दा उनी केटी पेरीसँग बस्न मन पराउँछिन् किनकी उनी पेरीसँग भने मिलिसकेकी छिन् । तर पेरीसँग पनि उनले धेरै लामो समय बस्न भने पाएकी छैनन् । एक अन्तर्वार्तामा ब्रिटनीलाई सोधिएको थियो कि ‘कसको कम्पनी सबैभन्दा मन पर्छ ?’ र उनले उत्तर दिइन -‘मलाई यो कुरा त थाहा छैन । यो निकै मुश्किल प्रश्न हो । दुई गायिका नै राम्रो हुनुहुन्छ । म केटी पेरीसँग त मिलेको छु तर आजसम्म स्विफ्टसँग भने मिल्ने अवसर प्राप्त भएको छैन । त्यसैले हुन सक्छ म पेरीसँग कम्पनी बनाउन सक्छु ।’