नेपाली रजतपटमा भित्रिनु भन्दा अगाडी नायिका शिल्पा पोख्रेल एक सफल मोडल थिइन् । उनले सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘लज्जा’ बाट नेपाली चलचित्रमा डेव्यू गरेकी शिल्पा अहिलेकी सफल नायिका मध्येकी एक हुन । ‘लज्जा’ देखी गएको महिना प्रदर्शनमा आएको चलचित्र ‘किस्मत २’ सम्म आईपुग्दा शिल्पाको किस्मत नै बदलिसकेको छ । अब उनको लाइभ स्टाइल पनि अन्य नायिकाहरुको जस्तै स्टाइलिस हुँदै गएको छ । केही दिन अगाडीसम्म स्कुटरमा यात्रा गर्ने शिल्पाले हालै VW polo 1.6 नामको एक रातो कार किनेकी छिन् । यो कारको नेपाल मूल्य ३५ लाख आसपास पर्छ तर उनले छुटसहित ३१ लाखमा उक्त कार हात पारेकी हुन् । ‘मैले लोनमा लिएकी हुँ कार । छुटसहित ३१ लाख पर्यो। अहिले भने मैले १० लाख दिएको छु । चाँडै नयाँ चलचित्रमा निर्माण गर्न लागेका कारण सबै रकम दिन सकिन् ।’ शिल्पाले सिनेखबर डटकमसँगको कुराकानीको क्रममा भनिन् ।
शनिबार उनले आफ्नो नयाँ रातो कारलाई पुजाआजा गर्दै घर भित्राएकी छिन् । उनले फेसबुकमा फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘मेरो नयाँ साथी’ ।
नेपाली चलचित्रमा क्रमश व्यस्तता बढ्दै गएपछि नायिका पोख्रेलले कारको खाँचो देखेकी हुन । आफ्नै स्कुटरमा निर्माता छविराज ओझालाई घर र अफिस पर्याउँदै आएकी शिल्पाले अब छविराज ओझालाई कारमै राखेर घर र अफिस पर्याउनेछिन् । चाँडै छविराज ओझासँग लगनगाँठो कस्न लागेकी शिल्पाले लज्जापछि हवल्दार सुन्तली, फागु, वृन्दावन, किस्मत २ चलचित्रमा काम गरिसकेकी छिन् ।