बलिउड अभिनेत्री दीपिका पादुकोणले विभिन्न संचारमाध्यममा आफ्नो र रणवीर सिंहको ब्रेकअप भएको समाचार बाहिरिएपछि अनौठो हर्कत देखाएकी छिन् । हलिउडमा काम गर्न थालेपछि यी दुई जोडीको सम्बन्ध धरापमा परेको विभिन्न आंकलनहरु सार्वजनिक भएपछि दिपिकाको यस्तो हर्कत देखिएको हो ।
कुरा के भने, दिपिकाको घर अगाडी एउटा कारको सो रुम छ । सोही सोरुममा एकपट्टी दिपिका र रणवीर सँगै पुगेका थिए । र सोही स्थानमा कदिपिकाले रणवीरलाई खुलेआम चुम्बन गरिन् । यी दुई जोडी केही बेर चुम्बनमा मस्त भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
प्रेमी रणवीर सिंहलाई खुलेआम चुमेकी छिन् । हलिउडमा दीपिकाले काम गर्न थालेपछि रणवीरसँग उनको दूरी बढेको चर्चा चलिरहेको बेला यसलाई असत्य साबित गर्दै उनले सार्वजनिक ठाउँमै रणवीरलाई चुमेकी हुन् ।
हलिउड फिल्म ‘एक्सएक्सएक्स’मा काम गरिरहेकी दिपिका र ‘बेफिक्रे’ मा काम गरिरहेका रणवीर चाँडै नै ‘पद्मावती’ फिल्ममा सँगै अनस्क्रिन रोमान्स गर्दैछन् ।