नायिका नम्रता श्रेष्ठ कुशल अभिनय गर्ने अभिनेत्रीको रुपमा परिचित छिन् । उत्कृष्ट कथा र राम्रो ब्यानर हेरेर मात्र काम गर्ने नम्रताले यस बर्ष मात्र ६ वटा अवार्ड हात पारिसकेकी छिन् । गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘क्लासिक’ बाट उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात हारेकी हुन् ।
अझै उनले दुई ठूला कामना र नेफ्टा अवार्ड हात पार्नेमा दुई मत छैन । यसबाट पनि के थाहा हुन्छ भने उनको अभिनयले जो कोहिँलाई मोहित बनाउने गर्छ । गएको बर्ष ‘क्लासिक’ मा अभिनय गरेपछि उनले कुनै पनि चलचित्रको काममा हात हालेकी छैनन् तर अब उनी चाँडै ‘पर्व’ नामक चलचित्रको छायाँकनमा व्यस्त हुँदैछिन् । सुवास इन्टरटेन्मेन्टसँगको सहकार्यमा गोपीकृष्ण मुभिजले निर्माण गर्ने चलचित्र ‘पर्व’ मा उनी नायक कोशिश क्षेत्रीसँग एकसाथ स्क्रिन शेयर गर्दैछिन् ।मंगलबार यही चलचित्रको घोषणा सभामा नायिका नम्रता उपस्थित भएकी थिइन तर साथमा प्रेमी दावा स्टीभन शेर्पालाई लिएर । अहिले नम्रता कुनै सार्वजनिक कार्यक्रममा जाँदा होस वा कुनै चलचित्र हेर्न जाँदा नै किन नहोस उनी प्रेमी शर्मालाई भने साथमा नै लिएर हिँड्छिन् । केही दिन अगाडी चलचित्र ‘जात्रा’ को प्रिमियरमा पनि नायिका नम्रता प्रेमी दावा स्टीभन शेर्पासँगै पुगेकी थिइन् । प्रेमी दावा प्रेमिका नम्रतालाई आफ्नै गाडीमा ल्याउने र पुर्याउने गर्छन । केही महिनादेखी उनीहरुको प्रेम हेर्ने हो भने नम्रता र दावा गहिरो प्रेम सम्बन्धमा रहेको जो काहिँले पनि सजिलै अनुमान लगाउन सक्छन् ।
यस्तै मंगलबार पनि चलचित्र ‘पर्व’ को घोषणा सभामा नायिका नम्रतालाई एकछिन पनि छोडेनन् प्रेमी दावाले । पर्वको घोषणा सभामा नम्रताले आफ्नो भुमिकाको विषयमा बोल्दै गर्दा पनि प्रेमी दावा भने मुस्कुराइरहेका थिए । त्यसपछि पर्वको घोषणा सभा सकियो । नम्रता मिडियाहरुलाई अन्तर्वार्ता र फोटो खिचाउनमा व्यस्त भइन तर दावा उनको पछि-पछि लागिरहे । यो दृश्य कम्ता रमाइलो थिएन ।
करिब १ घण्टा भन्दा बढी नायिका नम्रता मिडियालाई फोटो र अन्तर्वार्ता दिन व्यस्त हुँदा प्रेमी दावा भने उनकै प्रतिक्षामा छेवैमा बसिरहेका थिए । नम्रताले मिडियालाई फोटो र अन्तर्वार्ता दिएपछि प्रेमीको साथमा उनी कार्यक्रम स्थलबाट बाहिरिएकी थिइन । खबरका अनुसार झण्डै २ बर्षदेखी नायिका नम्रता र दावा प्रेम समबन्धमा छन् ।