अष्ट्रेलियामा बसेर पनि गीतसंगीतमा सक्रिय गायक समिर आचार्यले करिब १ बर्षको अन्तरालपछि नयाँ गीत सार्वजनिक गरेका छन् । गायक आचार्यले गायिका टिका प्रसाइसँग मिलेर ‘तम्रो आँखा गाजले’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । सुदुरपश्चिम नेपाली भाषा र संकृतीको खानी हो । त्यहाँका भाकाहरुलाई लिएर अहिले गीतसंगीत बनाउने क्रम बढेको छ । सुदुरपश्चिममै बोलिने भाषालाई समेटेर यो गीत तयार पारिएको छ । गीतमा समिरकै शब्द तथा संगीत छ ।
सार्वजनिक भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा मोडल निराजन प्रधान र नम्रता सापकोटाले मोडलिङ गरेका छन् । यो गीतबाट आफू अत्यन्त उत्साहित रहेको समिरले बताए ।