नायक निखिल उप्रेती र नायिका निता ढुंगाना अहिले चलचित्र निर्भयको छायाँकनका लागि चितवनको सौरहामा छन् । शनिबार नायक उप्रेती निर्भयको एक दृश्यका लागि हात्तीमा चढेर खतरनाक एक्शन दृश्य दिँदै गरेको अबस्थामा भेटिएका थिए । चितवन राष्ट्रिय निकुञ्ज भित्र तिनओटा एक्शनका दृष्यहरुको छायाँकन भइरहेको चलचित्र निर्भयको एक गीत पनि चितवनमा गरिने निर्देशक मधुसुदन भट्टराईले जानकारी दिए । नायक निखिल उप्रेतीले चलचित्र ‘निर्भय’मा खतरनाक रियल स्टन्डका दृश्यहरु दिइरहेका छन् । शनिबार नायक उप्रेतीले दुई हात्तीको पिठ्यूँमा बसेर केहि फरक प्रकारको खतरनाक एक्शन दृश्य दिइरहेका थिए । निखिललाई द्धन्द्ध निर्देशक हिमाल केसीले अहिले एक्शन सिकाइरहेका छन् । एक्शन प्रधान भनिएको चलचित्र निर्भयमा आफुले फरक प्रकारको एक्शन प्रस्तुत गराएको बताउँदै द्धन्द्ध निर्देशक केसीले भने -‘मैले डिमाण्ड गरेको अनुसार निर्माण युनिटले सबैको कुरा पुरा गरिदिएको छु त्यसैले चलचित्रको एक्शनमा कुनै कमी हुने छैन ।’
करिब ३५ दिनको छायाँकन अवधी राखेर सुरु गरिएको चलचित्र निर्भको छायाँकन सकिन ५० दिन लाग्ने निर्देशक भट्टराईले जानकारी दिए । प्रसिद्धि सिने आट्सको पहिलो प्रस्तुति रहेको निर्भयलाई देवी प्रसाद पाण्डेले निर्माण गर्नु भएको हो चलचित्रमा यम थापाको लेखन, रामशरण उप्रेतीको छायांकन, अर्जुन पोखरेल र ताराप्रकाश लिम्वुको संगित,रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । चलचित्रमा निखिल उप्रेती, नीता ढुंगाना ,शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।