गायक भुसन खतिवडाको स्वरमा ‘हाँसी हाँसी’ बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ । सितल कादम्बिनीको शब्द रहेको सार्बजनिक गीतमा हरि लम्सालको संगीत सुन्न सकिन्छ । बिसाल भण्डारीले निर्देशन गरेको भिडियोमा नायिका केकी अधिकारी र मोडल पुष्पल खड्काले अभिनय गरेका छन् ।
रोमान्टिक थिममा तयार पारिएको भिडियोमा केकीले हाँस्दा पुष्पल लठ्ठै भएको देखाइएको छ । लक्ष्मी प्रसाद घिमीरेले निर्माण गरेको भिडियोमा अर्जुन तिवारीको छायाँकन र निसान घिमिरेको सम्पादन रहेको छ ।