बलिउड नायिका कंगना रनावतले बलिउडमा प्रवेश गर्दा सुरुका दिनमा अंग्रेजी राम्रोसंग बोल्न नजानेकाले धेरै मानिसले उनको खिल्ली उडाएको बताएकी छन् ।
२९ वर्षिया ‘क्विन’ नायिकाले हालसालै एक अन्तवार्तामा बताए अनुसार बलिउडमा संर्घष गर्दाताका उनलाइ सानो शहरबाट आएकी, अङ्ग्रेजी राम्रोसंग बोल्न नजानेकी, कपडा लगाउने ढंग नभएकी भनेर खिल्ली उडाइन्थो । उनले भनेकी छन्, ‘मलाई कसले के भन्छ भन्ने बारेमा केहि मतलब हुदैनथ्यो । मलाई, मात्रै आफ्नो कामको बारेमा चिन्ता हुन्थ्यो र अरुले भन्ने कुराले पनि केही फरक पार्दैनथ्यो ।’
उनका अनुसार महिलाहरुले सुरुमा आफुले आफैलाई विश्वास गर्नुपर्दछ र पुरुष बराबर हो भन्ने महशुस गर्नुपर्छ अनिमात्रै अरुले पनि त्यस्तै व्यवहार गर्छन् । उनका अनुसार महिलाले आफ्नो बारेमा कुरा राख्दा डर मान्नु हुदैंन अनिमात्र अरुले कुरा सुन्न थाल्छन् ।