गएको बर्ष २ फिल्म सय करोडमा प्रवेश गरेपछि सर्वाधिक खोजिने अभिनेताको सूचीमा परेका बलीउडस्टार सलमान खानले यो बर्ष चलचित्र ‘सुल्तान’ बाट भने जस्तै सफलता पाएँ । हालसम्म चलचित्र ‘सुल्तान’ ले भारतबाट मात्र ३ सय करोडको व्यापार गरिसकेको छ । लगातार एकपछि अर्को गर्दै आफ्ना फिल्महरु सय करोडमा प्रवेश गर्नु र दुई चलचित्र बजरंगी भाईजान र सुल्तानले ३ सय करोड पार गरेपछि सलमानले आफ्नो पारिश्रमिक ह्वात्तै बढाएका छन् । भारतीय मिडियाका अनुसार सलमानले चलचित्र सुल्तानबाट १०६ करोड पारिश्रमिक लिएका थिए भने ‘सुल्तान’ को मुनाफाको ५० प्रतिशत हिस्सेदारी पनि थिए । लगभग सलमानले सुल्तानबाट झण्डै २ सय करोड लिएका छन् । ९५ करोडमा तयार भएको फिल्म सुल्तानले जति मुनाफा कमाएको छ त्यसको ५० प्रतिशत हिस्सा पनि सलमानले पाएका छन् । बलीउडमा सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेताको सूचीमा सलमान पहिलो स्थानमा उभिएका छन् ।