“यो माया हो”, “सेवारो नमस्ते” लगायतका सफल गीतहरु बजारमा ल्याइसकेका गायक मविन्द्र राईले नयाँ गीत “माया जालै” मा बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । यूट्यूवमा सार्वजनिक गरेको २ हप्तामा नै “माया जालै” मा बोलको गीत हेर्नेको संख्या २ लाख नाघिसकेको छ । यूवापुस्ताकी चर्चित गायिका मेलिना राई र गायक मविन्द्र राईको आवाजमा रहेको “माया जालै” मा बोलको गीतमा गायक मविन्द्रकै शब्द र संगीत रहेको छ । पुतलीसडकमा रहेको डि. स्टूडियोमा रेकर्ड गरिएको गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन छ । यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर निर्माण गरिएको सार्वजनिक “माया जालै” मा बोलको भिडियोमा शैलेस हमाल र अन्जु भण्डारीले अभिनय गरेका छन् ।
भिडियोमा शैलेस र अन्जको केमेष्ट्रि निकै लोभलाग्दो देखिएको छ । रुपेश श्रेष्ठको छायाँकन, सम्पादन र निर्देशन रहेको भिडियोको मेकिङ गज्जबकै देखिन्छ । लगातार आफ्ना गीतहरु दर्शक, स्रोताहरुले मनपराइरहेको अबस्थामा चाँडै गायक मविन्द्र राईले “तर्की तर्की” बोलको गीत पनि बजारमा ल्याउँदैछन् । यो गीतमा पनि गायक राईलाई गायिका मेलिना राईले साथ दिएकी छिन् ।