बलीउडमा अहिले अभिनेता आमिर खानको नयाँ फिल्म ‘दंगल’ दर्शकका लागि प्रतिक्षित बनेको छ। फिल्ममा उनले भारतिय कुस्तिबाज महाबिर सिंह फोगटको भूमिका अभिनय गरेका छन्। फिल्ममा आफ्नो सपना कसरी छोरीबाट उनले पूरा गर्छन भन्नेमा आधारित रहेको छ।
फिल्मको चर्चा धेरै भएपनि आमिर खान आफ्नो व्यक्तिगत चर्चा मिडियामा भएको रूचाउँदैनन्। आमिर हाल किरण रावसँग बैबाहिक जीवन बिताइरहेका छन्। उनीहरूको एक सन्तान समेत रहेका छन्। किरणसँग आमिरको यो दोस्रो विवाह हो।
आमिरले आफ्नो पहिलो बिहे भागेर गरेका थिए। इस्लाम धर्मका आमिरको हिन्दु परिवारकी रिना दत्तसँग प्रेम थियो। छिमेकी आमिर र रिनाको प्रेमलाई दुवै परिवार धर्म फरक भएकाले स्वीकार्न नमानेपछि उनीहरुले भागेर बिहे गरेका थिए। सन् १९८६ मा उनले रीना दत्तलाई भगाएका थिए। तर १६ वर्ष लामो वैवाहिक जीवनमा विस्तारै समस्या सुरू भयो र सन् २००२ मा सम्बन्ध विच्छेदमा टुगिंयो। रिनाबाट आमिरका दुई सन्तान (जुनैद र इरा) छन। उनीहरु आमा रिनासँग बस्छन्।
आमिरको दंगल डिसेम्बर २१ मा रिलिज हुँदैछ।