सेक्सी शब्दलाई धेरैले धेरै अर्थबाट बुझ्ने गरेका छन् । एकथरी सेक्सी शब्दलाई राम्रो अर्थमा लिन्छन् भने अर्काथरी सेक्सी शब्द अश्लील भन्ने पनि बुझ्छन् । ग्ल्यामर क्षेत्रमा भन्ने हो भने सेक्सीको अर्थ हुन्छ ‘निकै कामुक’ । विशेष गरि मोडल तथा नायिकाहरुको व्यक्तित्वलाई हेरेर यो शब्द (सेक्सी) प्रयोग गने गरिन्छ । कुनै नायिका वा मोडल आर्कषक पहिरनमा छिन् वा उनको कुनै अंग आर्कषक छ भने सबैको मुखबाट एउटै शब्द निस्कन्छ ‘वाह क्या सेक्सी’ । आर्कषक फिगर, पहिरन र अंगले नै एक नायिका वा मोडलको अन्दाजलाई परिभाषित गर्छ । नेपालमा नायिका प्रियंका कार्की, पुजा शर्मा लगायतका केही नायिकाहरुलाई सेक्सी नायिका भनेर चिनिन्छ । उनीहरु आफुलाई सेक्सी भन्दा खुसी महशुस गर्छन । तर, अहिले पनि नेपाली समाजमा सेक्सी शब्दको अर्थलाई उदार रुपमा लिन सकेको छैन ।
तर, नायिका प्रियंका कार्की भने सेक्सी शब्दको अर्थलाई फरक रुपमा परिभाषित गर्छिन । आफ्नो आधिकारीक फेसबुक र ट्विटरमा एक फोटो अपलोड गर्दै उनले सेक्सी शब्दलाई परिभाषित गरेकी छिन् । उनले लेखेकी छिन्, ‘राम्रो ओठ र राम्रो खुट्टा मात्र होइन, सेक्सी भनेको सोल (मन) हो ।’ यो स्टाटससँगै उनले ब्ल्याक कलरको ड्रेस लगाएको एउटा सेक्सी तस्बिर पनि पोष्ट गरेकी छिन् ।