गायक रुकमान लिम्बुले आफ्नो दोश्रो एल्बममा समाबेश एक गीत ‘तिमीलाई म के के भनुँ’ सार्बजनिक गरेका छन् । जसमा गायक डम्बर नेपालीको शब्द, संगीत रहेको छ भने मोहित मुनालको एरेन्ज र गायक लिम्बूको स्वर सुन्न सकिन्छ । भिडियोमा गायक रुकमानसँग रेशु तामाङ र बुद्ध थापाको पनि अभिनय गरेका छन् । विशाल भण्डारीले निर्देशन गरेको भिडियो रोमान्टीक शैलीमा तयार पारिएको छ । भिडियो अर्जुन तिवारी एण्ड टिमको छायांकन र निशान घिमिरेले सम्पादन रहेको छ ।