बलिउडका स्टार नयाँ वर्ष र क्रिसमसको सेलिब्रेसनका लागि छुट्टाछुट्टै योजना बनाइरहेका छन् । कोही होलिडे मनाउन निस्कदैछन् छ कोही पार्टीको योजना बनाइरहेका छन् ।
यस्तै श्रीलंकाली सुन्दरी ज्याक्लिन फर्नाडिजले पनि आफ्नो देश गएर सेलिब्रेसन गर्ने योजना बनाएकी थिइन । तर, कामका कारण उनको योजना रद्ध भएको छ ।
घर जान असम्भव भएपछि ज्याक्लिनले आफ्नो परिवारलाई मुम्बई नै बोलाउने योजना बनाएकी छन् ।
ज्याक्लिन क्रिसमसको समय पारेर आफ्नो देश श्रीलंका फर्किनेवाली थिइन । सुटिङका कारण उनको घर जाने कार्यक्रम रद्ध भएको हो । घर जाने कार्यक्रम रद्ध भएपछि उनले आफ्नो परिवारसँग कुराकानी गरेर मुम्बई बोलाउने योजना बनाएकी हुन् ।
यसका लागि उनले तयारी पनि सुरु गरेकी छिन् । उनले आफ्नो परिवार सुविधासम्पन्न तरिकाले घुम्न सकोस भनेर समेत तयारी थालेको बताइएको छ ।
ज्याक्लिन अहिले न्युयोर्कमा आफ्नो नयाँ सिनेमा सुटिङमा ब्यस्त छिन् । उनी जतिसक्दो चाडो सुटिङ सकेर मुम्बई फर्किनेछन् र परिवारसँग होलिडे मनाउनेछिन् ।