तामिल सुपरस्टार रजनीकान्तका फ्यानहरु असंख्य छन् । उनका फ्यानहरु रजनीकान्तका लाग जे पनि गन तयार हुन्छन् । उनका फ्यान उनलाई भगवान् नै मान्छन् । रजनीकान्तको फिल्म रिलीज हुँदा होस् या जन्मदिन, यसलाई उनका फ्यानले भव्य बनाउँदै आएका छन्। तर यसपटक भने उनका फ्यानको लागि नरमाइलो खबर छ। रजनीकान्तले यसवर्ष उनको जन्मदिन नमनाउन आफ्ना फ्यानलाई आग्रह गरेका छन्।
१२ डिसेम्बरमा जन्मदिन परेका रजनीले तामिनाडूकी मुख्यमन्त्री जयललिताको निधन भएकाले यसवर्ष आफ्नो जन्मदिन नमनाउन आग्रह गरेका बताइएको छ। रजनी यो वर्ष ६६ वर्षका हुनेछन्।