भारतीय टिभी सिरियल ‘भाबीजी घर पर हैं’ मा ‘अन्गूरी भाभी’ को भुमिका निर्वाह गरिसकेकी चुन्की शिल्पा शिन्दे अब ऋषि कपूरसँग आइटम नम्बर गर्ने भएकी छिन् । नयाँ चलचित्रमा यि दुईले एकसाथ आइटम गीतमा डान्स गर्नेछन् । खबरका अनुसार सिरियल बिचमै छोडेपछि उनलाई अहिले काहीँबाट पनि कामको अफर आएको छैन त्यसैले उनी चलचित्रमा आइटम डान्स गर्न लागेकी हुन् । शिल्पा र ऋषिमाथी तयार पारिएको गीतलाई गणेश आचार्यले कोरियोग्राफ गरेका छन् भने कणिका कपूरले आवाज दिएका छन् । चलचित्रमा ऋषि कपूर, परेश रावल र वीर दास पनि देखिनेछन् । जबकी यसका डायरेक्टर सञ्जय छेल रहनेछन् । उक्त गीतको चाँडै नै मुम्बईमा सार्वजनिक गरिने तयारी भइरहेको छ । शिल्पाले आफ्नो टिभी करियरको सुरुवात ‘ले चल मुझे संग’ बाट सुरु गरेकी थिइन ।