नेपाली यूवा यूवतीहरु पछिल्लो समय भारतमा हुने विभिन्न प्रतियोगीताहरुमा आफ्नो दह्रो उपस्थिती जनाइरहेका छन् । यसअघि तेरिया मगरले डिआडीको उपाधी नै जितेपछि अझ नेपाली यूवा यूवतीहरु भारतमा हुने विभिन्न प्रतियोगीताहरुमा आफ्नो सहभागीता जनाउँदै राम्रो प्रतिक्रिया बटुलिरहेका छन् ।
त्यही क्रममा अहिले स्टार प्लसबाट प्रशारण हुँदै आइरहेको नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस सिजन–२’ मा पनि एक नेपाली यूवाले धमाकेदार प्रस्तुती दिइरहेका छन् । कपन, काठमाडौंका सुशान्त खत्रीले एकपछि अर्को गर्दै दिएको खतरनाक डान्स स्टेपले अहिले निर्णायकहरु पनि उनले उपाधी जित्ने भन्दै हौसला बढाइरहेका छन् ।
प्रतियोगीताका मुख्य निर्णायक तथा प्रख्यात कोरियोग्राफर रेमोले समेत सुशान्तलाई ‘डान्स प्लस सिजन–२’ को दावेदारको रुपमा हेरेका छन् । २० बर्षका सुशान्तले अहिले जसरी उक्त प्रितियोगीतामा आफ्नो नृत्य प्रस्तुत गरिरहेका छन्, त्यसले दर्शकलाई मात्र होइन निर्णायकहरुलाई पनि अचम्ममा पारिरहेको छ । ‘डान्स प्लस सिजन–२’ को उत्कृष्ट ६ (टप सिक्स) मा पुग्न सफल सुशान्तले २०१२ मा ‘इन्डियाज डान्सिङ सुपरस्टार’ मा पनि सहभागी भएका थिएँ, त्यति बेला उनी १० बर्षका थिए । नृत्यमा निकै सौखिन शुशान्त नेपालका कोरियोग्राफर गम्भिर विष्टका चेला रहिआएका थिए ।