यस बर्षको दीपावलीमा प्रदर्शन हुन लागेको बलीउडस्टार अजय देवगन अभिनित चलचित्र ‘शिवाय’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । खतरनाक दृश्यहरुले भरिएको ट्रेलरमा अजयलाई नयाँ रुपमा देखाइएको छ । हलीउडस्तरमा तयार पारिएको ट्रेलरले जो कोही चलचित्र शिवाय हेर्न आतुर हुन सक्छन् । ट्रेलर भित्र अजयले रोमान्स देखी डरलाग्दा स्टण्डहरु गरेका छन् । २०१६ अक्टुबर २८ मा रिलिज हुने यो चलचित्रलाई अजय देवगन आफैले निर्माण र निर्देशन गरेका हुन् ।
दोस्रो पटक निर्देशनमा उत्रिएका अजयको चलचित्र शिवायको ट्रेलरले बजारमा राम्रै हंगामा पिट्ने पक्का छ । ट्रेलरमा हेर्दा चलचित्रको अधिकांश दृश्य हिमाली क्षेत्रमा गरिएको छ । अजयलाई ट्रेलरमा हिमाल चढ्दै गरेको पनि देख्न सकिन्छ । सस्पेन्स तरिकाले सार्वजनिक गरिएको ट्रेलरमा विशेषत एक्शनलाई प्राथमिकतामा दिइएको छ । चलचित्रमा अजयको अलवा दिलीप कुमार र सायरा बानोको पनि मुख्य भुमिका रहेको छ । बताइएको छ कि, यो चलचित्रमा अजयले भगवान शिवबाट पे्ररित एक संरक्षक, पालक र विनाशकको भुमिका निर्वाह गरेका छन् ।