पुर्व पति संजय कपुरसँग डिभोर्स लिए पश्चात करिश्मा कपुरको लिंकअपको खबर बाहिर आएको छ । आफ्नो परिवारसँग क्वालिटी टाइम बिताइरहेकी छिन् । खबरका अनुसार करिश्माको लाइफमा मुम्बइमा बस्दै आइरहेका सिइओ संदीप तोशनीवाला आएका छन् । भविष्यमा सँगै रहने सपना समेत देख्न थालिसकेका छन् । एक फिमेल वेवसाइटका अनुसार करिश्मा र संदीप रिलेशनसिपको अर्को तहमा जाने तयारीमा रहेका छन् ।
यसै सिलसिलामा संदीपले बान्द्रास्थित रहेको अपार्टमेन्टमा घर खोज्न समेत लागेको बताइएको छ । यती मात्र नभइ संदीप आफ्नो पत्नीसँग डिभोर्स लिने तयारीमा समेत रहेको बताइएको छ । वेवसाइटका अनुसार मँहगो फ्ल्याट किनेर संदिपले करिश्मालाई गिफ्ट गर्न चाहेका छन् ।
करिश्मा आफ्ना बच्चाहरुसँगै उक्त घरमा रहन सक्ने सम्भवाना पनि रहेको छ । करिश्माले आफ्नो पुर्व पतिसँग डिभोर्स लिइसकेकी छिन् भने हाल आफ्नो पिता रणधीर कपुरसँग बस्दै आइरहेकी छिन् ।