‘नाइँ नभन्नू ल ४’ र हाल प्रदर्शनरत चलचित्र ‘छक्का पन्जा’ र ‘जात्रा’ की नायिका बर्षा राउतले आफ्नो २३ औं जन्मदिन मनाएकी छिन् । चलचित्र ‘जात्रा’ यूनिटले आज काठमाडौंको कुमारी हलमा एक कार्यक्रमको आयोजना गर्दै नायिका बर्षाको जन्मदिन मनाएको छ । ‘जात्रा’ मा बर्षाले फणिन्द्र तिमल्सिना (विपीन कार्की) की श्रीमती ‘सम्पदा’ को भूमिका निर्वाहा गरेकी छिन् । बर्षाले कुमारी हलबाट ‘जात्रा’ हेरेर फर्किएका दर्शकहरुसँग आफ्नो जन्मदिनको केक काटेकी हुन । केही बर्षदेखी नायक संजोग कोइरालासँगको रिलेशनसिपमा रहेकी बर्षाले आफ्नो बर्थडेको पहिलो केक भने ‘जात्रा’ मा उनका श्रीमान बनेका विपिन कार्कीलाई खुवाएकी थिइन भने दोस्रो पटकको केक प्रेमी कोइरालालाई खुवाएकी थिइन । पहिलो चलचित्रबाटै सफलता चुम्दै आएकी बर्षालाई चलचित्र ‘छक्का पन्जा’ र ‘जात्रा’ ले भने राम्रै उचाईमा पुराएको छ । बर्थडे सेलिव्रेशनमा ‘जात्रा’ हेरेर फर्किएका दर्शकहरुले सेल्फी खिच्दै बर्षालाई जन्मदिनको शुभकामना दिएका थिए । उनी अभिनित ‘जात्रा’ अहिले पाँचौ सातामा चलिरहेको छ भने ‘छक्का पन्जा’ सय दिने मनाउने तयारीमा छ ।