केही समय अगाडी प्रेम सम्बन्धमा रहेको चर्चा चलेको जोडी मलिना जोशी र अनुप विक्रम राईको ब्रेकअप भएको हल्ला पनि केही दिन अगाडी राम्रै चल्यो । मलिना अमेरिकाबाट नेपाल आउन ढिला गरेपछि उनीहरुको ब्रेकअप भएको बताइन्छ । ब्रेकअपको हल्ला बाहिर आएसँगै उनीहरुलाई अहिले कुनै पनि कार्यक्रममा सँगै देखिएको छैन । पूर्व मिस नेपाल समेत रहेकी मलिना र नायक शाहीले अब सँगै चलचित्रमा काम गर्ने भएका छन् ।
ब्रेकअपको हल्लाका बिच उनीहरुले दयाराम दाहालले निर्देशन गर्ने अनटाइटल प्रोजेक्टमा सँगै देखिन लागेको मलिना र नायक शाही दुवैले स्पष्ट पारेका छन् । शाहीले सिनेखबर डटकमसँगको कुराकानीमा भने -‘हामी बिच व्यक्तिगत रुपमा कुनै पनि सम्बन्ध नभएपनि नयाँ चलचित्र भनेसँगै गर्न लागेका छौं ।’
उनले चलचित्रमा मलिना प्रमुख भुमिकामा देखिन लागेको पनि खुलाए । उनीहरुलाई एकसाथ पर्दामा उर्तान लागेका दाहालले प्याचअपमा पनि महत्वपूर्ण भुमिका खेल्न सक्ने अडकल काट्न सकिन्छ । एक्सन र लभस्टोरी कथामा तयार हुने बताइएको उक्त चलचित्रमा अझ एक नायक र एक नायिकाको खोजी भइरहेको निर्देशक दाहालले जानकारी दिए ।