स्वघोषित पोर्नस्टार अर्चना पनेरुको यो बर्ष दुई फिल्म प्रदर्शनमा आए तर दुवै फिल्म नराम्रोसँग फ्ल्पको सूचीमा परे । पोर्नस्टार बन्छु भन्दै हिँडिरहेको बेला अर्चनालाई ४ लाख पारिश्रमिक दिँदै निर्देशक राजु गिरीले चलचित्र ‘जिस्म’बाट उनलाई चलचित्र क्षेत्रमा डेव्यू गराए । तर प्रदर्शनमा भने अर्चनाले अभिनय गरेको दोस्रो चलचित्र ‘छेस्को’ आयो । तर ‘छेस्को’ले कमाल गरेन । त्यसपछि ‘जिस्म’ अहिले प्रदर्शनरत छ तर यो चलचित्र हेर्न अहिले हलहरुमा दर्शकहरु नै छैनन् । युट्यूबमा अर्चनाका म्यूजिक भिडियोहरु र अन्तर्वार्ताहरुलाई दर्शकहरुले निकै रुचाएको पाएपछि केही निर्माताहरुले अर्चनालाई पर्दामा देखाउँदा राम्रै मुनाफा हात पार्ने सोचले चलचित्र निर्माण गरे तर अर्चनालाई दर्शकहरुले नै अहिले नराम्रैसँग पछारिदिएका छन् । अब भनिन् थालिएको छ कि अर्चनाका दिन गए । अब कुनै पनि निर्माताले अर्चनालाई दिएर चलचित्र निर्माण गर्ने आँट भने गर्ने छैनन् । दुई चलचित्र लगातार फ्ल्प भएपछि अहिले अर्चना पनेरु केही म्यूजिक भिडियोमा व्यस्त छिन् । छेस्को र जिस्म चलचित्रमा गरमागरम दृश्य दिएपनि उनलाई हेर्न दर्शकहरु हलसम्म नगएपछि अब नेपालमा एडल्ट चलचित्र चल्न गाह्रो हुने अनुमान अहिले सबैले लगाउन थालेका छन् । यो नेपालमा मात्र होइन यो बर्ष बलीउडका एडल्ट भनिएका चलचित्रहरु पनि लगातार असफल हुँदै गएका छन् । अहिले दर्शकहरु एडल्ट चलचित्र हेर्न हलसम्म जानै लाज मान्ने र गएपनि उक्त चलचित्र हेरेको कुरा कसैलाई नभन्ने कारणले गर्दा पनि अहिले एडल्ट चलचित्रहरु लगातार फ्ल्प हुँदै गएका छन् ।