कालिमाटीमा एकजनाले आफ्नो छातीमा आफैँले गोली हानेर आत्महत्या गरेका छन्। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१३ कालिमाटी धामकमार्ग बस्ने ६३ बर्षीय श्याम शेरचनले आइतबार आफ्नै छातीमा गोली हानी आत्महत्या गरेका हुन्।
महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी हेमकुमार थापाका अनुसार आइतबार अपरान्ह प्रहरीले ढोका भित्रबाट बन्द रहेको अवस्थामा बाथरुमबाट शेरचनको शब बरामद गरेको हो।
उनका अनुसार घरमै रहेको अनुमति प्राप्त हतियार समेत बाथरुममा फेला परेको छ। शेरचनले टु–टु राईफलल आफ्नो छातीमा गोली हानेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। कालीमाटी वृत्तले घटनाको थप अनुसन्धान गरिरहेको छ। -नागरिक