डा. जागेश्वर गौतम
स्त्रीरोग विशेषज्ञ
-असुरक्षित गर्भपतन गर्दा पछिल्लोपटक गर्भ बस्न समस्या हुन्छ ।
-असुरक्षित गर्भपतन गर्दा संक्रमण भई पाठेघरको नली नै बन्द हुन सक्छ ।
-असुरक्षित गर्भपतनले पाठेघरमा बच्चाको कुनै भाग रहने र रगत बग्ने हुन सक्छ ।
-लगातार रगत बहँदा संक्रमण भएर पछि बच्चा नै नबस्ने खतरा रहन्छ ।
-बच्चा पाउन रहर नलागुन्जेल अस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ ।
-गर्भपतनलाई परिवारनियोजनको साधनका रूपमा प्रयोग गर्नु उचित होइन ।
-धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमा बच्चा नबस्ने सम्भावना हुन्छ ।
-यस्तो अवस्थामा बच्चा बसेमा पनि आफै“ खेर जाने सम्भावना बढी हुन्छ ।