एक समय प्रेम सम्बन्धका कारण चर्चामा रहेका बलीउड अभिनेता सञ्जय दत्त र अभिनेत्री माधुरी दिक्षित १९ बर्षपछि एकसाथ चलचित्रमा काम गर्ने भएका छन् । १९ बर्ष अगाडी यो जोडीले ‘महानता’ मा काम गरेको थियो त्यसपछि दर्शकहरुले यो जोडीलाई पर्दामा हेर्न पाएका थिएनन् । यही चलचित्रको क्रममा सञ्जय र माधुरीको अफयेरको हल्ला पनि चलेको थियो । गएको महिना मात्र ५ बर्ष जेल सजाय काटेर बाहिर आएका अभिनेता सञ्जय दत्तले शैली चोपडाले निर्माण गर्न लागेको अनटाइटल प्रोजेक्टमा माधुरीसँग काम गर्ने भएका छन् । रवीन्द्रनाथ टैगोरको चर्चित कथा काबुलीवाला और मिन्नीमा आधारित हुने सो फिल्ममा बाबुछोरीको सम्बन्धको कथा छ ।