अस्ट्रेलियामा बस्दै आएका गायक राज कुमार गोस्वामीको नयाँ गीत ‘काँडाघारी’ सार्बजनिक भएको छ । किरण भण्डारीको शब्द ,संगीत तथा एरेन्ज रहेको सार्बजनिक गीतमा गायक गोस्वामीलाई गायिका आस्था रावतले साथ दिएकी छिन् । नायीका सृष्टि श्रेष्ठ, किशोर र राम फिचारिंग भिडीयोलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । भुषण दाहालले निर्देशन गरेको म्युजीक भिडीयोमा धिरजजंग शाहको छायाँकन र भरत रेग्मीको सम्पादन देख्न सकिन्छ ।