‘जसलाई समाजदेखी लुकाएर अगाँलोमा छोपेर राखे, जसलाई कलेजोमा वर्षौसम्म राखे । तिम्रो सुगन्धमा पत्र कसरी जले, मायामा डुबेका पत्र कसरी जले’ यस्तै अन्दाजमा कंगनाले पुन रितिक रोशनबारे बोलेकी छिन् । केही समयका लागि साम्य देखिएको यो जोडीको विवाद पुन चर्चामा आएको छ । एक प्रोमोशनल कार्यक्रममा कंगनाले रितिक रोशनसँग बनेको र बिग्रिएको सम्बन्धबारे मुख खोलेकी छिन् । जुन दिन सार्वजनिक रुपमा प्रेमपत्र लिक भयो त्यो दिन आफु निवस्त्र भएको महसुस गरेको समेत कंगनाले बताइन् ।रिबुकको प्रमोशनल इभेन्टमा पुगेकी कंगनाले आफ्नो लभ स्टोरीबारे पहिलो पटक मिडियामा खुलेर कुराकानी गरेकी छिन् । रितिकसँग भएको लभ स्टोरीको बारे कंगनाले घुमाउरो पारामा भनिन्,‘यो एउटा पहाडमा बस्ने युवतीको कथा हो । जो एकदमै बहादुर छे । उनलाई एउटा केटाको तस्बिर मिलेको थियो । जोसँग अन्तत प्रेम सम्बन्ध बनेको थियो । उक्त युवकको लागि मरभुमि, पहाड तथा समुन्द्रको समेत यात्रा समेत गरी । उसको हरेक अवस्थामा उभिने काम युवतीले गरी । एक दिन उसले किस गर्दै आइ लभ यु भन्यो । उसलाई विश्वाश दिलाउँदै युवतीले भनी म सामान्य युवती होइन । जब युवतीलाई सफलता मिल्दै जान्छ तब लभ स्टोरीमा दुःखान्तको समय आउँछ । यस्तै भयो मेरो जिन्दगीमा ।’
विवाद बढ्दै गएपछि कंगनाद्वारा रितिकलाई लेखिएका प्रेमपत्रहरु लिक भएका थिए । यसबारे कंगनाले भनिन्,‘पत्र जुन मैले लेखेकी थिए, क्रुरताकासाथ दुनियाको सामु बाहिर आए । सोच्नुहोस् तब मलाई कस्तो महसुस भयो । किनभने प्रत्येक प्रेमपत्र इमोशनल भावमा लेखिएको हुन्छ । तपाईको जीवनको एक महत्वपुर्ण भाग केबल एकजना मानिससँग मात्र शेयर गर्न चाहानुहन्छ । तर, जब लेटर लिक भए तब मेरो मजाक उडाउने काम गरियो । म धेरै दिनसम्म बन्द कोठामा रोएर बसे । तर, मैले उक्त क्रुरताको जबाफ दिइन । मेरो यही कुराले मलाई बिजेता बनाएको छ । यदी म कसैको लागि राम्रो बन्न सकिन भने मलाई केही भन्नु छैन । तर, उसको इमोशनलाई मजाक बनाउनु गलत कुरा हो ।’