बलीउड अभिनेत्री स्नेहा उलालको अनुहार धेरै हदसम्म ऐश्वर्या रायसँग मेल खान्छ, हिजोबाट उनी २९ वर्षकी लागेकी छिन् । ऐश्वर्या रायको जस्तै लुक्स भएकै कारण सलमान खानले उनलाई फिल्मी क्षेत्रमा ल्याएका थिए ।
फिल्मदेखी टाढा रहेको बखत उनले एक अन्तर्वार्तामा सलमान खानसँग आफुले काम माग्न नगएको समेत बताएकी थिइन् । यही कारण पनि हुनसक्छ सलमान खानसँगको एउटा फिल्मपछि उनी बलिउडमा खासै छाउन सकिनन् । स्नेहाले भनेकी थिइन्,‘सलमान खान निकै राम्रो मानिस हुन् । सबैले मलाई धेरै नै सुझाव दिन खोजे कि म सलमान खानसँग कामबारे कुरा गरु । तर, मैले त्यसो गरिन । हाम्रो सम्बन्ध निकै महत्वपुर्ण रहेको छ ।’ उनले थप्दै भनिन्,‘जब मेरो आमालाई क्यान्सर भएको थियो तब सलमान खान मेरो घरमा आएर सान्तोना दिने काम गरेका थिए । उनले आश्वस्त पार्दै भनेका थिए की डाक्टरसँग मिल्न हामीलाई कुनै दिक्कत हुनेछैन । मेरो लागि यति गर्नु फिल्म दिलवालेभन्दा बढी महत्व राख्छ ।’