अक्षय कुमार अभिनित बलीउड चलचित्र ‘जोली एलएलबी-२’ को ट्रेलर रिलिज भएको छ। सुभाष कपुरको निर्देशनमा बनेको फिल्ममा अक्षयका अलवा हुमा कुरैशी, अन्नु कपुर तथा सौरभ शुक्लाको मुख्य भूमिका रहेको छ।
फिल्म सन् २०१३ मा रिलिज भएको ‘जोली एएलबी’ को सिक्वल हो। फिल्मको पहिलो श्रृखंलामा अरशद वार्सी मुख्य भूमिकामा थिए। फिल्म आगामी वर्षको फेब्रुवरी १० मा रिलिज हुनेछ।