एउटै अनुहार भएका यो संसारमा ७ थरीका मानिस हुन्छन् भनिन्छ । यो कुरा बेला बखतमा मिडियाहरुमा आइरहने खबरहरुले पनि पृष्टि गर्दै आइरहेको छ । बलीउडस्टार सलमान खान, रणवीर कपुर लगायतका केही स्टारहरुको अनुहार दुरुस्तै अर्का व्यक्तिसँग मिल्ने खबरहरु हामीले यस अघि नै पढिसकेका छौ तर हालै एक फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्यो फोटो हो बलीउडस्टार शाहरुख खानको । अहिलेसम्म शाहरुख खान जस्तै अनुहार भएका व्यक्ति कोही पनि देखिएका थिएनन् तर हालै शाहरुख जस्तै अनुहार भएका एक व्यक्तिको फोटो सामाजिक सञ्जालमा राम्रै भाइरल बनेको छ । फोटोमा हेर्दा उक्त व्यक्ति शाहरुख खान जस्तै लाग्छन् । खबर प्राप्त भएअनुसार उनी गायक, कार्यक्रम होस्ट र फोटोग्राफर सुमेर एस पसरिचा हुन्, जो शाहरुख खान जस्तै देखिन्छन् । उनलाई सामाजिक सञ्जालमा भने ‘पम्मी आन्टी’ भनेर चिनिन्छ ।