बिहिबार आमिर खानले आफ्नो फिल्म ‘दंगल’ को स्पेशल स्क्रीनिंग राखेका थिए । त्यस बेला अन्य बलीस्टारसँगै अभिनेत्री रेखा पनि पुगेकी थिइन । तर, त्यस बेला आमिरको हाईटलाई मजाक बनाइन रेखाले । आमिरको हाइट ५.४ फीट छ। जबकि रेखा उनीभन्दा २ इन्च अग्ली छिन । स्क्रीनिंगको दौरान उनी जब आमिरको नजिक पुगिन् तब उनी नटी बनिन् । उनले आमिर खानको हाईटको मजाक उडाउँदै उनीभन्दा केही तल झुकेर मिडियामाझ फोटो खिचाइन ।
कमै व्यक्ति यो जान्दछन् कि आमिर खान र रेखाले एकसाथ एक फिल्ममा स्क्रिन शेयर गरेका छन । तर, यो फिल्म रिलिज हुन सकेन । त्यो फिल्मको नाम हो ‘टाइम मशीन’, जसलाई शेखर कपूरले निर्देशन गरेका थिए ।