भारतीय टेस्ट टिमका कप्तान विराट कोहली आफ्नी गर्लफ्रेण्ड अनुष्का शर्मासँग उत्तराखण्डको टिहरी पुगेका छन् । खबरका अनुसार दुवैजना आफ्नो क्रिसमसको बिदा मनाउन उत्तराखण्ड गएका हुन् ।
दुवै शनिबारको दिल्ली फ्लाइटबाट गुपचुप रुपमा देहरादुनमा रहेको जोलीग्रांट हवाइ अड्डामा पुगेका थिए । त्यहाँबाट उनीहरु नेरन्द्रनगरमा रहेको होटल आनन्दका लागि उनीहरु निक्लिएका थिए ।
जोलीग्रांट एयरपोर्टमा उनीहरुलाई देख्नेबित्तिकै फ्यानहरुको भीड लागेको थियो । फ्यानहरुले उनीहरुसँग फोटो खिचाउने प्रयास पनि गरेका थिए । तर, विराट र अनुष्का सबैदेखी लुकीलुकी त्यहाँबाट निस्किएका थिए । अनुष्का शर्मा देहरादुनकी हुन् ।