आचश्र्य नमान्नुहोस्, हो साच्चै गायिका कोमल वली प्रेममा छिन् । तिज विशेष कार्यक्रमका लागि हाल अष्ट्रेलियामा रहेकी कोमल वलीले यो कुराको स्वीकार गरेकी छिन् कि उनी कसैसँग प्रेम सम्बन्धमा छिन् । कान्तिपुरसँग कुराकानी गर्दै उनले भनेकी छिन् -‘हो मेरो प्रेमी हुनुहुन्छ र म प्रेममा छु ।’ कोमल वलीले पहिलो पटक प्रेम सम्बन्धको विषयमा राम्रै खुलेर बोलेकी छिन् । उनले समय परिस्थती आए विवाह हुन सक्ने पनि बताएकी छिन् । उनले प्रेमी नेपालमा नै रहेको र ऊसँग रहँदा खुसी र आनन्द महशुस गर्ने पनि बताएकी छिन् । उनले अगाडी भनिन् ‘म टिनएजको जस्तो प्रेममा हैन् कि बौद्धिक प्रेममा छु । उहाँ मलाई सपोर्ट गर्नुहुन्छ र सल्लाह दिनुहुन्छ ।’ लामो समयदेखी किन विवाह गर्नुभएन भन्ने प्रश्नबाट वाक्कदिक्क भएकी कोमलले अब भने जीवनसाथी रोजिसकेकी छिन् । अब प्रश्न यो हुन सक्छ कि कोमलले कहिले विवाह गर्छिन ? तर उनले विवाह यति बर्ष भित्रमा हुन्छ भनेर कुनै पनि जानकारी दिएकी छैनन् । उनको मनसाय हेर्दा चाँडै नै उनी दुलही हुने पक्का छ ।