बलीउडस्टार शाहरुख खान अब डाक्टर बनेका छन् । हैदराबादको मौलाना आजाद राष्ट्रीय उर्दू यूनिवर्सिटीले शाहरुखलाई डाक्टरेटको उपाधि प्रदान गरेको छ ।
शाहरुखलाई यसअघि पनि धेरै पटक डाक्टरेटको उपाधि प्रदान गरिसकिएको छ । गएको बर्ष उनलाई लण्डनको इडनबर्ग यूनिवर्सिटीले डाक्टरेटको उपाधि प्रदान गरेको थियो । शाहरुखले भने -‘जिन्दगीलाई यदी तपाई सेन्स अफ ह्यूमरसँग जिउन सिक्न जान्नु भयो भने त्यो सहज हुनेछ ।’ त्यस बेला शाहरुख भावुक पनि भएका थिए । शाहरुखले अगाडी भने -‘यो शहरमा यो सम्मान मिल्नुले मलाई भावुक बनायो र खुसी पनि छु किनकी मेरो जन्म नै यही शहरमा भएको थियो ।’