भारतिय कमेडियन कपिल शर्मा पछि बीएमसीले बलीउड अभिनेता अर्जुन कपूरलाई नोटिस पठाएको छ । बीएमसीले अर्जुनलाई एमआरटीपी एक्टको मामिलामा नोटिस पठाएको हो । कपूरलाई मुम्बईको जुहू स्थित घरमा अवैध निर्माणको लागि सो नोटिस दिइएको हो । नोटिसमा अर्जुन कपूरले अवैध तरीकाले आठौं तल्ला बनाएको लेखिएको छ। अर्जुन कपूरको सो घरमा रोहित शेट्टी बस्दै आएका छन् ।