केही बर्ष अगाडीसम्म नेपाली नायिका र गायिकाहरु फेशनको मामिलामा निकै कमजोर छन् भन्ने गुनासो चौतर्फी आउने गर्थ्यो । दर्शकहरु भन्ने गर्थे कि हलीउड र बलीउड सेलिब्रेटीहरुको फेशनको अगाडी नेपाली सेलिब्रेटीहरु एक छेऊ पनि छैनन् तर अब लाग्दैछ नेपाली नायिकाहरु मात्र होइन गायिकाहरु पनि फेशनेवल हुन हर प्रयास गरिरहेका छन् ।
जाडो होस् या गर्मी अहिले नेपाली नायिका र गायिकाहरुको पहिरनले जो कोहिँलाई पनि फिदा बनाइदिन्छ । नायिका हुँदै फेशनको ट्रेन्डले अहिले नेपाली गायिकाहरुमा पनि विस्तारै छोप्दै गएको छ । यस्तै पहिरनमा आफुलाई आकर्षक रुपमा प्रस्तुत गर्ने गायिका मध्येकी एक हुन रेखा शाह । उनी आफुलाई जहाँ जाँदा होस् केही फरक लुक्समा प्रस्तुत गर्ने गर्छिन । पछिल्लो समय उनको पहिरन हेर्दा लाग्छ उनले नेपाली नायिकाहरुलाई पनि टक्कर दिँदैछिन् । बिहिबार राजधानीमा आयोजित ‘डि सेलिब्रेटी रनवे’ मा उपस्थित गायिका रेखा शाहको पहिरनले काठमाडौंको जाडोलाई समेत चुनौती दिएको थियो । रेखा शाहको पहिरनले लाग्थ्यो नेपाली नायिकाहरु पनि उनको पहिरनको अगाडी फिक्का छन् । डिजाइनरले तयार पारेको डिजाइनमा गायिका रेखा निकै नै हट एण्ड व्यूटिफुल देखिएकी थिइन । त्यसपछि त मिडियाको नजरमा यी हट गायिका नपर्ने कुरै भएन । गायिका शाह पनि क्यामेरा अगाडी मज्जैले खुलिन् । भुइँसम्म घस्रिएको गाउनमा उनी जति सुन्दर देखिएकी थिइन त्यति नै उनलाई आफ्नो पहिरन सम्हाल्न मुश्किल परिरहेको देख्न सकिन्थ्यो ।
केही दिन अगाडी मात्र आफ्नो आवाजमा रहेको ‘तिमी विना’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेकी रेखालाई ‘सिमसिमे पानीमा’ बोलको गीतले चर्चामा ल्याएको थियो ।