बलीउडस्टार सलमान खानले आफ्नो भाई सोहेल खानले निर्माण र निर्देशन गरेको नयाँ चलचित्र ‘फ्रीकी अली’ को ट्रेलर लन्ज गरेका छन् । भारतमा आयोजित ट्रेलर लन्ज कार्यक्रममा नवाजुद्दीन सिद्दीकी, अरबाज खान र एक्ट्रेस एमी सहभागी थिए । ट्रेलर लन्ज कार्यक्रममा सलमान खान र चलचित्रकी नायिका एमी निकै नजिक बनेको देखिएको थियो ।
बोल्ड लुकमा कार्यक्रममा सहभागी भएकी एमीलाई सलमानले कैटरीना कैफसँगको फिल्म ‘यूवराज’ को एक गीत ‘तू ही तो मेरी दोस्त है’ गाएर सुनाएका थिए । वन पिसमा पुगेकी एमीको शरीरको माथिल्लो भाग अधिकांश खुलेको थियो । बक्षस्थल आधामात्र छोपेकी एमी ट्रेलर लन्ज कार्यक्रमको मुख्य आर्कषक थिइन ।